काठमाडौैं। हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको संयुक्त वार्षिक साधारणसभा स्थगित भएको छ। चैत २९ गतेका लागि बोलाइएको आर्थिक वर्ष २०७८/७९ र ७९/८० को १५ औँ र १६ औँ संयुक्त वार्षिक साधारणसभा गणपूरक संख्या नपुगेर स्थगित भएको हो।
साधारणसभाका लागि गणपूरक संख्या नपुगेकाले सभा नै स्थगित गर्नु परेको कम्पनीले जानकारी दिएको छ ।
यस साधारणसभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउने प्रस्ताव साथै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालक समितिको बैठक भत्ता निर्धारणको विषय पनि सभाका लागि तय गरिएको थियो ।