काठमाडौं। नवीकरणीय ऊर्जा परिसंघ नेपाल (रिकोन) ले वर्ष २०८१ लाई ‘नवीकरणीय ऊर्जा वर्ष’ घोषणा गर्न प्रस्ताव गरेको छ। रिकोनले पृथ्वीको तापक्रम बढ्न नदिन खनिज इन्धनको प्रयोग शून्य बनाउन आवश्यक रहेको र यसका लागि नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोग बढाउनका लागि यस्तो प्रस्ताव गरेको हो।
रिकोनले नयाँ वर्ष लागेसँगै एक प्रस्तावपत्र जारी गर्दै सन् २०३० सम्म सबैलाई नवीकरणीय ऊर्जाको पहुँच पुर्याउने दिगो विकास लक्ष्य रहेको र नेपालले समेत कार्बन उत्सर्जन कटौतीका लागि अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा गर्न पनि नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग बढाउनुपर्ने उल्लेख गरेको छ ।