ताप्लेजुङ। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकामा १४ वटा जलविद्युत आयोजना निर्माणाधीन छन्। तमोर नदीमा निर्माण हुने १६ आयोजना मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन रहेका हुन्।
ती आयोजनाबाट एक हजार ६ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ ।
मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुनेछ। काबेली खोलामा चारवटा आयोजना निर्माण भइरहेका छन्। ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट बिजुली उत्पादन हुनेछ ।