हेटौंडा। १४ करोड लगानीमा १ सय २० मिटर लामो पक्की पुलको मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा निर्माण कार्य सुरु भएको छ। उक्त पुलले मकवानपुरगढी गाउँपालिका र डुम्रेकुना जोड्नेछ।
गाउँपालीकाका अध्यक्षका अनुसार पुल नभएकोले वर्षाको समयमा मात्र नभई हिउँदमासमेत सवारीसाधन आवतजावत गर्नकालागी विगत देखि समस्या भइरहेको थियो। पुलको अभावमा कृषीजन्य वस्तुहरु बजारसम्म पुर्याउन कृषकहरुलाई धेरैनै समस्या भइरहेको थियो, कतिपयले त आफ्नो ज्यान जोखीममा राखेर लाने गर्दथे भने कतिपयले कुहीएर फाल्ने गर्दथे। तर, अब पुलको निर्माण पछि सबै कृषकहरुलाई कृषिजन्य वस्तुहरु बजार पुर्याउन समस्या हुने छैन।
उक्त पुलको निर्माण संघीय सरकारको लगानीमा ठेक्कामार्फत सुरु भएको हो । अध्यक्षका अनुसार पुल निर्माण पछि सो गाउँपालीकाको समग्र विकासमा ठुलो योगदान पुग्ने छ। निर्माण कम्पनीका अनुसार दुई वर्षभित्रमा पुल निर्माण गर्ने सम्झौता भए पनि सकेसम्म छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाईएको छ। उक्त गाउँपालीकाले डुम्रेकुनामा अस्पताल पनि निर्माण गरिरहेको छ।