सुर्खेत। निर्माणाधीन १३२ केभी कोहलपुर–सुर्खेत प्रसारण लाइनमा देखिएका समस्या समाधानका लागि छलफल गरिएको छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आइतबार आयोजना प्रमुखसिहतका कर्मचारी तथा प्राविधिकसँग प्रसारण लाइन निर्माणमा आएको समस्या समाधानका लागि छलफल गरेका हुन् ।
छलफलमा मुख्यमन्त्री कँडेलले प्रसारण लाइन निर्माणमा देखिएका समस्या र समाधानका लागि भइरहेका पहलबारे चासो लिए।
छलफलमा आयोजना प्रमुख रविकुमार चौधरीले सुर्खेतको सुब्बाकुना, बाँकेको गाभर र निकुन्ज क्षेत्रभित्र भएका समस्यबारे मुख्यमन्त्री कँडेललाई जानकारी गराए । संघ सरकारको मताहातमा रहेको सो प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेत र जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय आवश्यक रहेको प्रमुख चौधरीको भनाइ थियो ।
अहिले ३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालनमा भइरहेको छ । पटक–पटक म्याद थपेर सो प्रसारण लाइनको काम भइरहेको छ ।