फाइल तस्बिर
जनकपुर। महोत्तरी र धनुषाका किसानले सिँचाइका लागि जडान गरेको ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी भएको छ। ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको किसानहरुको गुनासो छ।
मधेस प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महोत्तरी तथा धनुषाका विभिन्न ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएको कार्यालयले जनाएको छ ।
दुवै जिल्लाका डिपट्युवेलवाट चोरी भएका ट्रान्सफर्मर खोजी गर्न प्रहरी प्रशासनलाई पटक–पटक लिखित एवं मौखिक जानकारी गराए पनि कुनै पहल नभएको सिँचाइ विकास कार्यालयका अधिकारीले गुनासो गरेका छन् ।