चितवन। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ। भरतपुर महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको जानकारी दिएको हो।
महानगरले तोकेको मापदण्ड अनुसारको प्राविधिक प्रस्ताव नपाइएकोले आर्थिक प्रस्ताव खोल्नु अगाडि नै टेन्डर रद्द गरेको महानगरले जनाएको छ। ३० दिनको म्याद राखेर गत फागुन १७ गते टेन्डर आह्वान गरिएको थियो । उक्त टेन्डर एकमात्र एमए कन्स्ट्रक्न प्रालिले ठेक्का हालेको थियो । ठेक्काको मापदण्ड एक मात्रै कम्पनीलाई मिल्ने गरी बनाएको भनेर सार्वजनिक आलोचनासमेत भएको थियो।
सार्वजनिक खरिद अनुगमन कार्यालय समेतको सल्लाहमा टेन्डर रद्द गरिएको छ।
भोलि (बिहीबार) नयाँ टेन्डर आह्वान गरिने महानगरले जनाएको छ।