काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानी बोर्डका पूर्वसीईओ सुशील ज्ञवालीलाई आफ्नो विज्ञ सल्लाहकार नियुक्त गरेका छन्। भदौ १० गते भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति पुर्याएपछि भदौ १३ गते ज्ञवालीलाई सल्लाहकार नियुक्त गरिएको हो।
विपद्पछिको पुनर्निर्माणमा अनुभव भएका ज्ञवालीलाई बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा क्षति मूल्यांकनको काममा सहयोग लिन नियुक्त गरिएको मन्त्रालयले जनाएको छ। उनले २०७२ सालको भूकम्पपछि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० का रूपमा काम गरेका थिए।
हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा बाढीपछिको पोस्ट–डिजास्टर निड्स असेस्मेन्ट ९पीडीएनए० भइरहेको छ। उक्त कार्यमा ज्ञवालीले समेत सहजीकरण गरिरहेका छन्।
ज्ञवालीलाई विश्व बैंकको सहयोगमा सञ्चालित ‘काठमाडौँ भिजन २०४०’ परियोजनामा पनि परामर्शदाताका रूपमा नियुक्त गरिएको छ। उक्त परियोजनासँगै उनले पूर्वाधार मन्त्रालयमा बाढीपछिको पुनर्निर्माण र आवश्यकता मूल्यांकनमा समेत सहयोग गर्नेछन्।