चितवन। २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको काम ६ वर्षमा ७० प्रतिशत मात्र पूरा भएको छ। सन् २०१८ जनवरी १७ देखि निर्माण सुरु भएको प्रसारण लाइनको काम हालसम्म ७० प्रतिशत मात्र पूरा भएको हो।
३ वर्षमा निर्माणसम्पन्न गर्ने गरी सन् २०१८ जनवरीमा ३ अर्ब रुपैयाँ लागत निर्माण सुरु भएको प्रसारण लाइनको काममा कारोना महामारी र वन कटानीलगायत कारणले ढिलासुस्ती भएको बताइएको छ। वि.सं.२०८१ साउन १५ गतेभित्र सम्पन्न गर्नेगरी फेरि म्याद थपेर काम भइरहेको आयोजनाले जनाएको छ।