म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–४ फूलबारीमा पक्की नहर निर्माण गरिएको छ। गण्डकी प्रदेश खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयले २५ लाख लागतमा पक्की नहर निर्माण गरेको हो।
उपभोक्ता समितिका अध्यक्ष भीमविक्रम मल्लले ६५३ मिटर पक्की नहर निर्माण र तीन सय मिटर पाइप लाइन जडान गरेर सिँचाइ गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।
गत वर्ष पनि प्रदेश सरकारको १० लाख बजेटबाट दाजुङखोलाको दोभानदेखि फूलबारीतर्फ २६६ मिटर पक्की नरह निर्माण भएको थियो । करिब ५० घरधुुरी कृषकको एक सय ७५ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुुगेको बताइएको छ।