पर्वत। पर्वतको जलजला गाउँपालिका ७ मा लुङ्दीखोला भेडावारी दुलेपानी सिँचाई योजनाको निर्माण कार्य सम्पन्न भएको छ । ९२ लाख ७७ हजार लागतमा सिँचाइ आयोजना निर्माण गरिएको हो।
१९ महिना भित्रमा निर्माण सम्पन्न गर्न जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले सनफोर्स सोलार एण्ड कन्स्ट्रक्सन बालाजु काठमाण्डौं सँग २०८० भदौ १५ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता भएको आठ महिनामै काम सम्पन्न भएर सिँचाई योजनामा पानी सञ्चालन गरिएको छ।
भेडावारी देखि एक हजार आठ सय मिटर टाढा रहेको ढल्केको टाकुरा नजिक रहेको लुङ्दीखोलाबाट २२५ एमएमको एचडीपी पाइपलाइन मार्फत पानी ल्याइएको कार्यालयले जनाएको छ।
सिँचाई योजना सम्पन्न भएसँगै भेडावारी, दुलेपानी र लामाबगरका किसानहरू खेतमा सिँचाई गर्न पाएपछि खुसी भएका छन्।