जाजरकोट। सर्वसाधारणको श्रमदानबाट निर्माण भएको भेरी नगरपालिकामा साल्टकुरास्थित रहेको नेपाल आधारभुत राष्ट्रिय विधालय जीर्ण भएको छ, जसले गर्दा त्यहाँको विधार्थिहरु धरापमा परेका छन्। उक्त विधालय २१ वर्ष पहिले नै निर्माण भएको थियो। राजनीतिक खिचातानीको कारणले गर्दा विधालय भवन निर्माणमा कसैको पनि ध्यान जान सकेको छैन्। उक्त विधालयमा १ सय ५० भन्दा बढी विधार्थि र ५ जना शिक्षक रहेका छन्। वर्षा याममा विधालय भत्किने डरले खुल्ला आकासमुनि रहेर अध्ययन अध्यापन गराउन बाँध्य रहेका छन्।
विधालय निर्माणको लागी पालिकामा पटक पटक गएर अनुरोध गर्दा यस वर्ष जम्मा २ लाख वजेट दिएको र त्यति वजेटले विधालय निर्माण गर्न संम्भव नभएको कारण विधार्थीहरु विधालय छोडेर अर्कै विधालयमा पढ्न गएको कुरा स्थानियवासीले जनाएका छन्। विधालयमा खानेपानी र शौचालयको पनि ब्यवस्था छैन्। नजिकमा भएको विधालय जीर्ण भएपछि ज्यान जोगाउनको लागि लामो बाटो हिडेर विधालय जानुपर्दाको विधार्थीको पिडा भने छुट्टै रहेको छ।
जीर्ण ६ कोठे भवनभित्र डरसरी सबै काम गर्नुपर्दा उक्त विधालयका अध्यक्ष पनि हैरान रहेका छन्। सबै स्थानीयबासीहरु मिलेर बनाएको भवन जीर्ण भएको अवस्थामा कसैलेनि ध्यान नदिदा स्थानीयहरु निरास भएका छन्। तर अहिले भेरी नगरपालिकाको प्रमुखले जीर्ण भएको भवनको निर्माणको लागि पहल गर्ने बताएका छन् । यससँगै स्थानीयमा थोरै आशा पलाएको छ।