बाग्लुङ। बाग्लुङ बजार हुँदै सिगाना, चापाखर्कबाट बरेङ जोडने १० किलोमिटर सडक ४० लाखमा ३ वर्षभित्रमा कालोपत्रे गरीसक्ने गरी डिभिजन सडक कार्यलयले तयारी थालेको थियो। डीपीआर सकेर बोलपत्र प्रक्रियाको अनुमति लिन बाँकी हुँदा उक्त सडक आयोजनाको बजेट कटौति गरेको छ। प्रतिस्थापन बजेट आएपछि धवलागिरि अन्र्तगतको ४ जिल्लाका सडक आयोजना कटौति गरीएको छ। यी मध्ये कुनै निर्माणको चरणमा पुगिसकेका पनि थिए।
सरकार परिवर्तन भएसँगै विकासको कार्यमा प्रभाव परेको कारणले गर्दा स्थानीयबासीहरु निराश भउक्ँ छन्। सरकार परिवर्तन भएपनि विकासको काम निरन्तर हुनपर्ने तर बजेटसँगै सडक योजना कटौति भएको र नयाँ योजना आएपनि विकासको काममा ढिलाई हुने भन्दै स्थानीयले गुनासो पोखेका छन्। सरकार स्थिर छैन, राजनीति पनि परिवर्तन भइरहन्छ तर रातो किताबमा सुचिकृत भैसकेको निर्माणको कार्य निरन्तर हुनुपथ्र्यो त्यो हुन सकेन्। संघिय सरकारको भौतिक पुर्वाधार अन्र्तगतको रातो किताबमा परिसकेको बाग्लुङ–मलढुङगा बलेवा–कुश्मीरे सडक, बाग्लुङ बजार सिगान चापाखर्क गौजाको दह बरेङ सडक, मालढुङगा पैयापट्टा लहरेबर अमलचौर हुँदै कुश्मीसेरा सडक, भीमापोखरा अक्षेतेबाट सलाम मलठाना सिम म्याग्दीसम्म जोडने सडक आयोजना र त्यसमा परेको बजेट कटौति गरेको छ।
त्यस्तै गरी विभिन्न ५५ ठाउँको सडक आयोजना पनि कटौति गरेको छ। जसले गर्दा विकास निर्माणको कामलाई पछाडी धकेलेको छ। हाल धवलागिरि अन्तर्गत पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङमा परेको ५५ सडक आयोजना कटौति भएको हो। यस पश्चात निर्माणको लागि कस्तो ब्यवस्था आउछ भनेर आकलन गर्न सकिदैंन्। छिट्टै यस्को निश्चित जानकारी आउनेसडक डिभिजन कार्यलयको आशा रहेको छ।