काठमाडौं। महालक्ष्मी विकास बैङ्कले आफ्नो कार्यालय प्रयोजनका लागि विद्युतीय सवारी प्रयोग गर्न थालेको छ। बैङ्कले ३० औँ वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको हो ।
बैङ्कले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याईसकेको छ र हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरूमा क्रमश विद्युतीय गाडीहरूको प्रयोग बढाउँदै जाने जनाएको छ । यस्ता कार्यक्रमहरूले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवद्र्घन तथा दिगो विकासमा टेवा पुर्याउने विश्वास बैङ्कले लिएको छ ।