काठमाडौं। काठमाडौँ उपत्यका बाहिरबाट उपत्यकामा आई घरभाडामा बसेर स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्युतीय चुलो वितरण गरिने भएको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले खाना पकाउने एलपी ग्यासको
मूल्य बढ्दो क्रममा रहेकोले त्यसबाट विद्यार्थीलाई राहत महसुस गराउन र विद्युतीय चुलोको प्रवर्द्धन गराउन यस्तो कार्यक्रम ल्याइएको हो।
विद्युतीय चुलो लिनका लागि नेपाली नागरिकताको प्रमाण पत्र, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि सहित केन्द्रमा आवेदन दिनु पर्ने केन्द्रले जनाएको छ।
आवेदन दिएका मध्ये अति दुर्गम र दुर्गम स्थानबाट आएका विद्यार्थीलाई प्राथमिकता दिइने छ । यसका लागि अनलाइन मार्फत फारम डाउनलोड गरी अनलाइन फारम समेत भर्न सकिने छ ।