पर्वत। लुङ्दीखोला–भेडावारी–दुलेपानी सिंचाइ आयोजना पूरा गर्नुपर्ने सम्झौताको अवधिभन्दा अगाडी नै सम्पन्न भएको छ। जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित आयोजना सम्झौता अवधिभन्दा ११ महिनाअगावै सम्पन्न भएको हो।
सिंचाइ विकास डिभिजन कार्यालय पर्वतले १९ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०८० भदौमा ९२ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको थियो।आयोजनाको काम ८ महिनामै सम्पन्न भइ सञ्चालनमा आएको सिंचाइ नहर उपभोक्ता समितिले जनाएको छ।
यस आयोजनाबाट यहाँका करिब १०० घरधुरीको झण्डै १ हजार रोपनी खेतबारीमा बाह्रै महिना सिंचाइ सुविधा पुगेको छ ।