लमजुङ । बेंसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सुरु गरेको छ।
नदीमा पर्याप्त पानी भएसँगै आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सुरु गरेको हो। नदीमा पानीको वहाव कम भएसँगै गत मङ्सिरदेखि विद्युत उत्पादन घट्न थालेको थियो। फागुनमा २४ मेगावाट मात्र उत्पादन भएको आयोजनाबाट चैतमा ४० मेगावाट र तीन दिन अघिदेखि ७० मेगावाट अत्पादन हुन थालेको विद्युत उत्पादन केन्द्रले जनाएको छ।
यो आयोजना सन् २००० मा निर्माण सुरु भइ २००८ मा सम्पन्न भएको आयोजनाको कुल लागत २७ अर्ब २० करोड रूपैयाँ रहेको छ।