काठमाडौं। अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७, देउरालीस्थित तम्घास भित्री सडकमा सोमबार राति करिब पौने १० बजेतिर ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटना भएको हो।
दुर्घटनामा टिपर चालक सन्धिखर्क नगरपालिका ८ खाँचीका २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको हो। उपचारका क्रममा गुल्मी अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा दुईजना घाइते भएका छन्। घाइते दुवै जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको छ।