काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।
शुक्रबार बिहान साढे ७ बजेतिर धादिङ र चितवनको सिमानामा एउटा कारसँग ठोक्किएर यात्रुबाहक बस त्रिशुलीमा खसेको हाे।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ईभी कारसँग ठोक्किएर बस त्रिशुलीमा खसेको हो ।
स्पीडमा रहेको कारलाई जोगाउन खोज्दा बस त्रिशुलीमा खसेको एक ट्राफिक प्रहरीले जनाए । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।