म्याग्दी। २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको अडिट नं २ सुरुङको काम सुरु भएको छ। पाँच महिनादेखि रोकिएको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम पुन सुरु भएको हो।
विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको करिब एक किलोमिटर लम्बाइको पहिलो अडिटको काम सकिएको आयोजनाले जनाएको छ।
सुरुङ खन्ने जिम्मा लिएका निर्माण कम्पनीले काम छोडेर माघमा बेपत्ता भएपछि काम रोकिएको थियो। अहिले आयोजनाले नै कामदार खोजेर अडिट नं २ को काम काम सुरु गरेको हो।
मालिका गाउँपालिका–६ को गोचाखोलादेखि पूर्वतर्फ पाँच सय मिटर र गोजुवा (इल्पु) तर्फ पाँच सय मिटर गरी एक किमी सुरुङ खनिसकिएको छ।
जेठ मसान्तसम्म जलविद्युत् आयोजनाको कूल १५ प्रतिशत र सुरुङ खन्ने काम ४२ प्रतिशत पूरा भएको छ ।