फाइल तस्बिर
इलाम। इलाम जिल्लाको फाकफोकथुम गाउँपालिकामा–१ मा थुलपुजे टारी सिंचाइ कुलो निर्माण गरिएको छ। धलपुजे टारीटोलमा ६६ लाख ७० हजार २७२ रूपैयाँ लागतमा कुलो निर्माण गरिएको हो।
उक्त कुलोबाट धलपुजेका ७० घरका किसान प्रत्यक्ष रुपमा लाभान्वित हुने बताइएको छ। साना सिंचाइ कार्यक्रमले इलामको फाकफोकथुम गाउँपालिकामा ६ वटा सिंचाइ आयोजनाको निर्माण गरिरहेको छ। चालु आर्षिक वर्षमा सञ्चालित ४ करोड १९ लाख ८२ हजार ४३२ रूपैयाँ लागतका ६ वटा सिंचाइ आयोजनाको काम सकिन लागेको हो।