काठमाडौं। मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका उदयपुर बेलका नगरपालिका– ९ का वडाध्यक्ष पदमबहादुर खड्कको निधन भएको छ ।
काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलमा बिहीबार राति उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। लगत्तै उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।
गत ३१ जेठ बिहीबार खड्कालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट थप उपचारका लागि हेलिकोप्टरमार्फत थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो । ३० जेठ बुधबार बिहान साढे ९ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका २, राजधामी चोकमा सिटी सफारीसँग ठोक्किएर उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो ।