काठमाडौं। दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण कार्य अगाडि बढ्ने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
आगामी असार २८ मा हुने सहसचिवस्तरीय बैठकपछि निर्माण कार्यलगत्तै अगाडि बढाइने निगमले जनाएको छ । निगम र आइओसीबिच सात पटकसम्म पेट्रोलियम पाइपलाई परियोजना अगाडि बढाउने विषयमा छलफल भइसकेको छ । अब हुने अन्तिम बैठकबाट टुङ्गो लाग्ने निगमले जनाएको छ । पाइप लाइन परियोजना अनुदानमा बनाउन आइओसीसमक्ष प्रस्ताव राखेको र सकारात्मक प्रतिक्रिया आएको निगमले जनाएको छ ।
दोस्रो चरणमा चार वटा परियोजनामा तीन वटा आइओसी र निगमले एउटा परियोजना निर्माण गर्ने छ । निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले सहसचिवस्तरीय बैठक बसेर पाइप लाइन परियोजनाको अन्तिम टुङ्गो लागेसँगै निर्माण कार्य पनि तत्काल अगाडि बढाइने जानकारी दिए। गोरखापत्रअनलाइनबाट