काठमाडौं। खानी तथा भूगर्भ विभागले देशभरका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ । विभागले चालु आर्थिक वर्षमा ८० स्थानका खानी खोजतलासका लागि विभिन्न कम्पनीलाई प्रमाणपत्र प्रदान गरेको हो।
विभागले आठवटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको समेत विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए।
चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको विभागले जनाएको छ।