काठमाडौं। बाराही हाइड्रोपावरले सञ्चालन गर्दै आएको ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ।
लगातारको वर्षाका कारण असार २२ गते खसेको पहिरोले १.५ मेगावाट क्षमताको आयोजनाको इन्टेक र ग्राभेल ट्यापको बीचको संरचना क्षति पुर्याएको र विद्युत गृहमा पानी पठाउने बाटो अवरुद्ध भएकोले असार २२ गतेबाटै विद्युत उत्पादन बन्द भएको कम्पनीले जनाएको छ ।