हेटौंडा। करेन्ट लागेर मंगलबार राति एक युवकको मृत्यु भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका—८ का ३७ वर्षीय दिक्पाल स्याङ्तानको करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय रामबहादुर घिसिङको बारीमा रहेको विद्युत्को पोलको तार छुटाउन जाने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।