मकवानपुर। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ स्थित ईपाखहरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिजुलीको पोलबाट करेन्ट लागेर ३७ वर्षीय दिक्पाल स्याङ्तानको मृत्यु भएको हो।
उनी स्थानीय रामबहादुर घिसिङको बारीमा बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलबार दिउँसो ४ः३० बजेको समयमा उनलाई करेन्ट लागेपछि मृत्यु भएको थियो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।