काठमाडौं। चितवनको भरतपुरमा पहिरोबाट खसेको ढुंगाले लागेर बसचालकको मृत्यु भएको छ।
भरतपुर–२९ सत्रकिलो स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाइ अचानक माथिबाट पहिरोसँगै खसेको ढुंगा लाग्दा चालक जिल्ला नवलपरासी सुनवल ४ का ३६ को मेघनाथ बिकको मृत्यु भएको हो।