काठमाण्डौं। नेपाल सरकार, उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको डिभिजन वन कार्यलय काठमाण्डौंले आफ्नै माताहतमा रहेको सव–डिभिजन वन कार्यलयको नयाँ भवन निर्माण कार्य सुरु गरेको छ।
काठमाण्डौंको लैनचौरस्थित रहेको पुरानो भवन जीर्ण भएको कारण कार्यलय भवनबाट कार्य सम्पादन गर्न कठिन हुँदै आएको थियो। त्यसैले नयाँ भवन निर्माणको प्रकृया थालेको हो। उक्त भवन निर्माणको लागि आर्थिक वर्ष २०७८/७९ मा बजेट विनियोजन गरी ठेक्काको प्रकृया पनि अघि बढाएको छ। हाल प्राविधिक तथा आर्थिक मुल्याङकन सकि ठेक्का सम्झौताको तयारीमा रहेको कुरा कार्यलयले जानकारी गराएको छ।