काठमाडौं। आज सुनको मूल्य घटेको छ। बजारमा आज सुनको मुल्य तोलामा दुई हजारले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज एक लाख ४७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।
यसैगरी चाँदीको मूल्यमा भने तोलामा ३० रुपैयाँ घटेको छ। आज चाँदीको मुल्य प्रतितोला एक हजार आठ सय ३० रुपैयाँ निर्धारण गरिएको छ।