काठमाडौं। त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा अमुल प्रधान मनोनयन भएको छन्।
प्रधान नेपाल टेलिकममा प्रमुख प्राविधिक अधिकृत (सीटीओ)को रुपमा कार्यरत हुन्।
त्रिशुली जलविद्युत कम्पनीको सञ्चालक समितिको बैठक असार ३० गते बसेको थियो। सोही बैठकबाट प्रधानले उक्त पदको शपथ ग्रहण गरेका हुन्।