रुकुम पूर्व। रुकुम पूर्वको भूमे गाउँपालिकामा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ। लुम्बिनी प्रदेश डिभिजन कार्यालय अन्तर्गत रुकुम वितरण केन्द्र (पूर्व) ले भूमे गाउँपालिकाको ५० घरमा राष्ट्रिय प्रसारणको बिजुली पुर्याएको हो।
१२ किलोमिटर उच्च भोल्टेज प्रसारण लाइन र ४ किलोमिटर ठाडो लो भोल्टेज प्रसारण लाइनमार्फत विद्युत पुर्याएको वितरण केन्द्रले जनाएको छ। गाउँमा विद्युत पुगेसँगै टुकी बालेर गुजारा चलाउनुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयले बताएका छन्।
भूमे गाउँपालिका रूकुम पूर्वकाे एक विकट गाउँ पालिका हाे।