काठमाडौं। दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्बुमा निर्माणाधीन ३० मेगावाटको खानी खोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ। आयोजनाको काम हालसम्म ९५ प्रतिशत पूरा भएको हो।
निर्माण कार्य सकिने बेला गत असार २५ गतेको बाढीले भने आयोजनामा केही क्षति पुर्याएको छ। बाढीले आयोजनाको बाँध र इन्टेकमा क्षति भएको र बालुवा थिग्रयाउने पोखरीमा लेदो भरिएको थियाे।
आगामी असोजभित्र विद्युत् उत्पादन गर्ने गरी आयोजनाको काम अन्तिम चरणमा पुगेको बेला बाढीले बाँधमा क्षति पुर्याएपछि विद्युत उत्पादनमा ढिलाइ हुन सक्ने आयोजनाले जनाएको छ।