सप्तरी। निर्माणकार्य सम्पन्न भएको ६ महिना नबित्दै सप्तरीको कञ्चनरूप नगरपालिका १० भोडहा जाने सडक भत्केको छ। सडक निर्माण भएको भुक्तानी नहुँदै सो सडक भत्केको हो। सो सडक निर्माण असार मसान्तमा सम्पन्न भएको थियो। सो सडक भत्केको कारण प्रत्येक दिन सडक दुर्घटना बढदै गएको कञ्चनरुप –१० का वडा अध्यक्षले जानकारी दिएका छन्।
सो क्षेत्रमा १३ सय मिटर सडक निर्माण भएकोमा ५ मिटर पनि गुणस्तरीय नहुँदा स्थानीयले गुनासो गरेका छन्। पालिकाको योजना शाखाकाअनुसार सो आयोजनाले चन्द्रनहरदेखि भोडहा हुँदै कोशी तटबन्धसम्म कालोपत्रे सडक निर्माण गर्नुपर्ने थियो। सो सडक निर्माण कार्यका लागि कुल १ करोड ७२ लाख बजेटमा ८६ लाख पालिकाले र ८६ लाख समपूरक अनुदानले दिएको थियो।