काठमाडौं। खानी खोला जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आयोजनाको निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको हो।
उक्त आयोजना दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्बुमा निर्माणाधीन रहेको छ। सो निर्माणाधीन आयोजना ३० मेगावाटको रहेको बताइएको छ।
आगामी असोजभित्र विद्युत् उत्पादन गर्ने गरी आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। उक्त आयोजना निर्माण सम्पन्न भएर विद्युत् उत्पादन भएपछि आफुहरुलाई निकै सहज हुने स्थानीयले बताए।