काठमाडौं। १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण गरिएको छ। तनहुँ जलविद्युत् आयोजनाले तल्लो सेती जलविद्युत आयोजनाका लागि ५०० रोपनी जग्गा अधिग्रहण गरेको हो।
आयोजनाबाट चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर २९, व्यास नगरपालिकाको १३ र १४, ऋषिङ गाउँपालिकाको वडा नम्बर १ र ३, बन्दीपुर गाउँपालिको ६, देवघाट गाउँपालिका२, ३ र ४ आँबुखैरनी गाउँपालिका ५ र ६ वडा प्रभावित हुने बताइएको छ।
मुआब्जा वितरण, जलाशय, पावरहाउस र कर्मचारी आवाससहितको संरचना निर्माण गर्न ७० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको आयोजनाले जनाएको छ।