खोटाङ। जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा तीन दिनदेखि विद्युत अवरुद्ध भएको छ। खार्मीका ९० घरपरिवारमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको हो।
अविरल वर्षासँगै परेको चट्याङले ट्रान्सफर्मर जलेपछि स्थानीय अन्धकारमा परेका नगरपालिकाले जनाएको छ।
विद्युत अवरुद्ध भएपछि सबै कामहरु रोकिएको स्थानीयले बताए। मोबाइल फोन स्वीच अफ भएर दुरदराजमा रहेका आफन्त सँग कुरा समेत गर्न नपाएको उनिहरुको गुनासो थियो।
तीन दिनदेखि विद्युत अवरुद्ध भएपछि आफ्नो दैनिक क्रियाकलापमा समेत असहज भएको छ। विद्युत अवरुघ भएपछि लाइनबाट चल्ने मिल बन्द हुँदा गाई बस्तुलाई खोले दिन कुटानीपिसानी समेत बन्द हुँदा आफुहरु मार्कामा परेको स्थनीयले बताए।