काठमाडौं। बाढीका कारण भोजपुरमा निर्माणाधीन १४.५ मेगावाटको अप्पर इखुवा खोला जलविद्युत आयोजनामा क्षति पुगेको छ। बुधबार राति पहिरोले थुलुङ (लाहुरे) खोला थुनिएर फुटेपछि आएको बाढीले आयोजनामा क्षति पुर्याएको हो।
बाढीले आयोजनाको संरचना र त्यहाँ कार्यरत दुई जना कामदारलाई समेत बगाएको छ।
बाढीले अप्पर इर्खुवा आयोजनामा जडान भएको ५ सय मिटर पाइप तथा कामदारको बसोबासका लागि बनाइएको आवास क्षेत्र तथा आयोजना निर्माणमा उपयोग हुने उपकरण बगाएको आयोजनाले जनाएको छ।