फाइल फोटो
कास्की। सार्दिखोला पुरुनचौर सिँचाइ आयोजनाको मुख्य नहर सञ्चालनमा आएको छ। पहिरोले क्षती भएको सिँचाइ नहर मर्मग गरेपछि सञ्चालनमा आएको हो।
गत असार १७ गते आएको पहिरोले उक्त सिँचाइ नहरमा क्षति पुर्याएको थियो। पहिरोले क्षति पुर्याएको नहर मर्मत गरेर ३५ दिनपछि सञ्चालनमा आएको बताइएको छ।
नहर पुनःनिर्माणका लागि रु १५ लाख खर्च भएको बताइएको छ। नहरमा क्षति पुगेपछि सो क्षेत्रका किसान सारै चिन्तित भएका थिए। जसोतसो धान आकाशे पानिको भरमा रोपे पनि लगाएको धान कसरि जोगाउने चिन्ताले धेरै सताएको थियो। तर, अहिले नहर सञ्चालनमा आएपछि खुशी भएको स्थानीयले बताए।