पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ को नारायणी पारि सुस्तामा विद्युत् प्रसारण लाइन विस्तार हुने भएको छ। नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रको १ करोड ३० लाख रूपैयाँ लागतमा नारायणीपारि सुस्तामा राष्ट्रिय प्रणालीको विद्युत विस्तार गर्न लागिएको हो।
एक हजार ५७१ मिटर लामो झोलुंगे पुलको प्रयोग गरी नारायणी पारिसम्म विद्युतीकरण गर्न लागेको केन्द्रले जनाएको छ।
झोलुंगे पुलमा विद्युत् सुरक्षाको पूर्ण मापदण्ड पूरा गरी विद्युत् प्रसारण लाइन पुलको सहारामा पारी सुस्ता पुऱ्याउन लागिएको वितरण केन्द्रका प्रमुख प्रशान्त झाले बताए।
वारि सुस्ता र पारि सुस्ता दुवैतर्फ विद्युतीकरणको पोल र तार राखिसकिएको र अब झोलुंगे पुलमा आउँदो महिनाभित्र राखिसक्ने बताइएको छ।