काठमाडौं। सितलपाटी–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइन आयोजनसम्बन्धी परामर्श सेवाका लागि ६ वटा कम्पनी सर्टलिष्टमा परेका छन्।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) ले निर्माण गर्न प्रस्ताव गरेको प्रसारण लाइनको परामर्श सेवाका लागि प्राविधिक प्रस्तावका आधारमा योग्य ६ कम्पनी सर्टलिष्टमा परेका हुन्।
सर्टलिष्टमा पर्ने कम्पनीहरूमा एईसीपीएल–ग्लोबल–जीपीएए संयुक्त उपक्रम (जेभी), ईआई माभेन प्रालि, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड, जेड कन्सल्ट प्रालि, मल्टी–सिल्ट–अमित जेभी र आरआईएमसी–इटेको–सितारा जेभी रहेको आरपीजीसीएलले जानकारी दिएको छ।
सर्टलिष्टमा परेका कम्पनीहरूको आर्थिक प्रस्ताव साउन ३० गते दिउँसो १ बजे खोलिने छ ।