अछाम। अछामको तुर्माखाद गाउँपालिका वडा नम्बर १ र २ मा विद्युत पहुँच पुगेको छ। दैलेख वितरण केन्द्रबाट विद्युत लगेर तुर्माखादको वडा नम्बर १ को रहफ र वडा नम्बर २ को भुलुमा विद्युतीकरण गरिएको हो।
जिल्लाकै विकट ठाउँ भएकाले यस क्षेत्रमा विद्युत पहुँच पुर्याउन समेत मुस्किल भइरहेको अवस्थामा दैलेख वितरण केन्द्रबाट वितरित दुल्लु र जम्बुकाध फिडर विस्तार गरी विद्युत पुर्याइएको केन्द्रले जनाएको छ।
यो क्षेत्र विद्युतीकरण भएसँगै यहाँका २३० घरधुरी विद्युतको पहुँचमा पुगेका छन्। यस क्षेत्रमा अझै ८० प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुग्न बाँकी छ।