काठमाडौं। धनुषाको ढल्केबर सबस्टेशनदेखि महोत्तरीको लोहारपट्टी सबस्टेनसम्मको १३२ केभी डलब सर्किट प्रसारण लाइन भाेलिदेखि परीक्षण सञ्चालन गरिने भएको छ। ढल्वेबर–लोहारपट्टी १३२ केभी डलब सर्किट प्रसारण लाइन विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न लागिएको हो।
नेपाल विद्युत प्राधिकरणले लाइनमा बिजुली प्रवाह हुने भएकोले प्रसारण लाइनका टावरहरूमा नचढ्न, कुनै पनि वस्तुले तारमा नछुन, तथा खतराको सङ्केत जनाइएका वस्तुहरुलाई नछुन सर्वसाधारणलाई सचेत गराएको छ।
धनुषाको मिथिला नगरपालिका तथा वटेश्वर गाउँपालिका र महोत्तरीको भंगाहा नगरपालिका र लोहारपट्टी नगरपालिकामा निर्माण गरिएको २३ किलोमिटर लामो प्रसारण लाइनबाट २३० मेगावाट विद्युत् प्रसारण हुने क्षमता छ।