काभ्रे। काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा दुई वटा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ। आयोजना निर्माण पूरा भइ गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले उद्घाटन गरेका हुन्।
दुई वटा आयोजना अन्तर्गत वडा नं ३ र ४ मा १७८ धारा निर्माण गरिएको छ भने वडा नं ५ मा १४५ घरमा धारा निर्माण गरिएको छ। यी दुवै आयोजनाबाट ३२३ घर लाभान्वित भएको पालिकाले जनाएको छ।
पालिकाका अनुसार दुवै खानेपानी आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को संयोजन, च्यारिटी वाटरको सहयोग र गाउँपालिकाको साझेदारीमा निर्माण गरिएको हो।