बाँके। नेपालगन्जमा रहेको कान्ति तालमा मोटरबोट नचलाउन संरक्षणकर्मीले माग गरेका छन्। कान्ति तालमा मोटरबोट चलाउन खोजिएपछि यहाँका संरक्षणकर्मीले सामाजिक सञ्जालमार्फत यसको विरोध गरेका हुन्।
कान्ति ताल बचाउन भन्दै उनीहरुले सामाजिक सञ्जालमार्फत अभियान नै सुरु गरेका छन्। मोटरबोट सञ्चालन भएपछि प्राकृतिक सिमसार क्षेत्रका रुपमा रहेको तालको अस्तित्व नै समाप्त हुने उनीहरुको भनाइ छ।
उपमहानगर क्षेत्रमा एकपछि अर्को गरेर सिमसार क्षेत्र मासिँदै गइरहेका बेला कान्ति तालको पनि प्राकृतिक अस्तित्व मेटाउन खोजिएको संरक्षिणकर्मीहरुको आरोप छ। माछापालन गरे पनि इन्धनबाट चल्ने मोटरबोट पानी जीवका खतरनाक हुने उनीहरुको भनाइ छ।