बुटवल। बुटवलमा पहिलो पाँच तारे होटल सफ्रोन दशैं अघि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सफ्रोन सीके प्रालिले ४ अर्ब लागतमा निर्माण गरेको होटल अन्तराष्ट्रिय चेन होटल ह्यातको नाममा सञ्चालनमा ल्याउन लागिएको हो।
१०७ वटा कोठा भएको होटलको अगाडि १० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र र ३ हजार क्षमताको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)छन्।
होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन र ब्याङकेट हल, क्यासिनो, स्पा र अन्य सुविधाहरू रहनेछन् ।