काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले महिला निर्माण व्यवसायीका लागि ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ तालिमको आयोजना गर्ने भएको छ।
निर्माण व्यवसायी महिला समन्वय समितिको अनुरोधमा महासंघले आगामी भाद्र १७ र १८ गते दुई दिवसीय तालिमको आयोजना गरेको हो।
तालिम महासंघको कार्यालय अनामनगरमा हुनेछ भने तालिममा सहभागि हुन चाहने महिला सदस्यहरुले भाद्र १५ गतेसम्ममा आफ्नो नाम, फर्म कम्पनीको नाम, सम्पर्क ठेगाना र इमेलसहित महासंघको सचिवालयमा बुझाउनुपर्ने महासंघले जनाएको छ।
तालिममा सहभागिताका लागि पहिले आउनेलाई पहिलो प्राथमिकता हुने समेत महासंघले जनाएको छ।