बझाङ। जिल्लाको मसदेव आसपास क्षेत्रमा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ। बिहीबार ७ बजेर ३७ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
भूकम्पको धक्कापछि स्थानीयहरु घर बाहिर निस्किएका छन् । भूकम्पले गरेको क्षतिकोबारे अहिलेसम्म केही जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।