काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वको सरकारको पालामा भारतसँग भएको विद्युत् खरिद सम्झौता लोडसेडिङको अन्त्य भएको बताएका छन्। उनले अन्तरदेशीय प्रसरणलाइनहरु बनाएर देशको समाथ्र्य बढाउने गरी काम भएको जनाए।
भक्तपुरमा बसेको पार्टीको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले केपी अेली नेतृत्वको सरकारले विभिन्न विदेशी बन्दरगाहहरुका पहुँच बनाउनेदेखि लोडसेडिङ अन्त्य गर्नेसम्मका कामहरु गरेको जानकारी दिए।
२०७७ पुस १६ मा पनि प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले लोडसेडिङ अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका थिए। त्यतिबेला उनले २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग प्रसारण लाइन र विद्युत् खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको पनि बताएका थिए।
उनले लोडसेडिङ अन्त्यका पछाडि भारतसँग गरिएको प्रसारण लाइन विस्तार र विद्युत खरिद सम्झौता नै मुख्य पक्ष रहको बताएका छन्।