फाइल तस्बिर
बाँके। बाँकेको खजुरा–४ ईगाउँमा भर्खरै मृत्यु भएको छोराको सम्झनामा एक दम्पतीले खानेपानीको धारा निर्माण गरेका छन्। चोकबहादुर र खिमाले दुर्घटनामा मृत्यु भएको छोराको सम्झनामा खानेपानीको धारा निर्माण गरी आइतबार शुभारम्भ गरेका हुन्।
२६ वर्षीया अर्जुन रोकायको गत साउन ४ गते नेपालगन्जको धम्बोझीमा मोटरसाइकल दुर्घटनामा परेर निधन भएको थियो। छोराको निधन भएको ४५ औँ दिनको पुण्यतिथिको सन्दर्भ पारेर रोकाय दम्पत्तिले धाराको शुभारम्भ गरेका हुन्।
स्थानीय सर्वसाधारण तथा बटुवालाई लक्षित गरी उनीहरूको सहजताका लागि खानेपानीको धारा निर्माण गरेको स्वर्गिय अर्जुनका बुबार चोकबहादुरले बताए।